सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा थपिए १० जना कोरोना संक्रमित

काभ्रेमा थपिए १० जना कोरोना संक्रमित

5565
Shares
काभ्रेमा थपिए १० जना कोरोना संक्रमित

काभ्रे, ३ भदौँः काभ्रेमा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १० जना संक्रमित थपिएका हुन् । आज थपिएकामा बनेपाका ५ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्य र्कालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै मण्डनदेउपुर नगरपालिकाका १ महिला र १ पुरुष पनि संक्रमित भएका छन् । पनौती नगरपालिकामा १ महिला र भुम्लु गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काभ्रेमा हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । २ सय ९४ जना निको भएका छन् । ९७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ५८ जना होम आइसोलेसनमा रहेका छन् ।

5565
Shares

ट्रेन्डिङ