सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा पौष १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने

काभ्रेमा पौष १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने

3885
Shares
काभ्रेमा पौष १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने

काभ्रेमा पौष १३ गतेदेखी फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ ।

१२ वर्ष माथिका दीर्घरोगीले उक्त खोप लगाउन सक्नेछन् । सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।

यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुषा र पर्सा गण्डकी प्रदेशको कास्की र बागलुङ लुम्बिनी प्रदेशको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा भने खोप लगाउने मिति छिट्टै तोक्ने बताएको छ।

१२ वर्ष माथिका दीर्घरोगीले सरकारले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।

 

3885
Shares

ट्रेन्डिङ