सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • चुनावि परिणाममा कौतहलता सबैको मनमा

चुनावि परिणाममा कौतहलता सबैको मनमा

7870
Shares
चुनावि परिणाममा कौतहलता सबैको मनमा

हिजो देशको ऐताहासिक प्रथम चरणको निर्बाचन सकिएको छ। प्रदेस नम्बर ३,४ र ६ मा गरिएको स्थानिय निर्बाचनमा ठाउँ ठाउमा अशान्ती भए पनि प्रदेसक अधिकांस मतदान स्थलमा शान्त वातावरणमा मतदान भएको थियो।हिजो भएको मतदान समापन संगै आज देखि मतगणना पनि सुरु भएको छ।३४ जिल्लामा भएको पहिलो चरणको निर्बाचनमा विभिन्न जिल्लाका नगरपालिका र गाउँ पालिका स्थानिय उमेद्वार चुनिएर घोषणा पनि भइसकेका छन।

केशब चापागाईं, प्रधान सम्पादक
सबैको समाचार डट कम

यसरी सरसर्ती यो चुनाब परिणामलाई नियाल्दा अहिलेको स्थितीमा नेकपा एमाले अग्रस्थान मा देखिन्छ।यदी यही अनुपातलाइ आधार बनाउने हो भने एमाले धेरै क्षेत्रमा बिजयी हुने सम्भाबना छ।यदी जनताले सक्षम भएर चुनेको हो भने हिजो अस्ति अध्यक्ष ओलीले देखाएका सपना पूरा होलान त?अब काठमान्डौ बासीले ग्यासको पाइपको बाल खोलेर खाना पकाउन पाउँछन् त?पेर्टोलियम पदार्थ पानी जहाजमा नेपाल सम्म आउला त?पुर्व पश्चिम रेलमार्ग बन्ला त?घोषणा पत्रमा लेखिएका कुरा पूरा होलान त?

याद गरौ अब जनता सचेत छन।

7870
Shares

ट्रेन्डिङ