सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए

काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए

7600
Shares
काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए

काभ्रे, ७ भदौँः काभ्रेमा ३३ जना कोरोना जितेरका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ३३ जनाले संक्रमित कोरोना जितेर निको भएका हुन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमित भइ निको हुनेको संख्या ३७३ पुगेको छ । १४३ जना महिला र २३० जना पुरुष निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा आज ३ जना नयाँ संक्रमित देखिएका छन् । बनेपा नगरपालिकामा १ पुरुष, १ महिला र पनौती नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५५२ पुगेको छ । १९२ जना महिला र ३६० जना संक्रमित भएका छन् ।

7600
Shares

ट्रेन्डिङ