सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नमोबुद्धमा घटना दर्ता व्यवस्थापन सम्बन्धी तालिम सुरु

नमोबुद्धमा घटना दर्ता व्यवस्थापन सम्बन्धी तालिम सुरु

4865
Shares
नमोबुद्धमा घटना दर्ता व्यवस्थापन सम्बन्धी तालिम सुरु

काभ्रे : भकुण्डेबेसी-नमोबुद्ध नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी तालिम आजदेखी भकुन्डेबेसीमा सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने दुई दिने तालिमको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएको छ ।

तालिममा नगरपालिका अन्तर्गत सबै वडा कार्यालयका वडा सचिवसहित नगरपालिकाका कर्मचारी सहभागी छन् । सहभागीहरूलाई धुलिखेल नगरपालिकाका अधिकृत गायत्रीरमण घिमिरे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत निर्मल शर्माले प्रशिक्षण दिनेछन् ।

 

तालिमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कर्मचारी सक्षम बनेमात्र सेवाग्राहीले सहजरुपमा सेवा पाउने वताउनुभयो । राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई नसिहत दिने व्यवस्था गर्नुपर्ने पनि उहाँले वताउनुभयो । नगरपालिकाका सबै कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाइले नगरपालिकाले सबै पुराना अभिलेखलाई डिजिटलाइज्ड गर्न लागेको वताउँदै अहिलेको तालिमले त्यसमा थप सहयोगी भूमिका खेल्ने वताउनुभयो । सबै वडाबीच नेटवर्किङका लागि नगरले योजना तयार पारेको उहाँले वताउनुभयो ।

4865
Shares

ट्रेन्डिङ