सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउन प्रशासन कार्यालय काभ्रेको अनुरोध

राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउन प्रशासन कार्यालय काभ्रेको अनुरोध

5880
Shares
राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउन प्रशासन कार्यालय काभ्रेको अनुरोध

काभ्रे : राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ । पेन्स बुझ्न, सामाजिक सरक्षा भक्ता लिन, लोक सेवाको फारम भर्न, पासपोर्ट बनाउन, बत्ति, पानि र टेलिफोनको सेवा लिने लगायतका अति आवश्यक सेवामा राष्ट्रिय परिचयपत्र नंम्बर अनिवार्य गर्न लागिएकाले विवरण दर्ता गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्र इकाइमा सम्पर्क गरी परिचयपत्र विवरण दर्ता गराउन सकिने छ । यसैगरी चल अचल सम्पत्ति विक्रि वितरण गर्न, खाता खोल्न, ऋण लिन र शेयर खरिद बिक्रि गर्न कार्यमा पनि राष्ट्रिय परिचयपत्र नंम्बर अनिवार्य गरिनेप्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

बिवरण दार्ता गराउन आउँदा सक्कल नागरिकता, विवाहको दर्ता प्रमाणपत्र वा पति पत्नीको नाता खल्ने सरकारी कागज र बसी सरी आएको हकमा बसाई सराई प्रमाणपत्रको सक्कल प्रती लिएर जानुपर्ने बताईएको छ ।

5880
Shares

ट्रेन्डिङ