सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पूर्वमन्त्री बास्कोटाले भने ‘जनताले कान समाएर उठबस गराउँ छन्, सचेत हुनुपर्छ ।’ (भिडियिो सहित)

पूर्वमन्त्री बास्कोटाले भने ‘जनताले कान समाएर उठबस गराउँ छन्, सचेत हुनुपर्छ ।’ (भिडियिो सहित)

6325
Shares

धुलिखेल, १७ असोजः पूर्वमन्त्री एवं काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बाँस्कोटाले सचेत भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । शनिबार काभ्रे सापिङका पूर्ववडाध्यक्ष देवी बहादुर पन्तको श्रद्धाञ्जाली सभामा सहभागि हुदैँ बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले यो पञ्चायति युग नभएको भन्दै जनप्रतिनिधिलाई जनताले कान समाएर उठबस गराउने बताउनुभयो । ‘सचेत भएर काम गर्नुहोस, यो पञ्चायत युग होइन, पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो ‘जनताले काम समाएर उठबस गराउँछन् ।’ बाँस्कोटाले काभ्रे जिल्लाको समग्र विकास निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै हरेक स्थानीयले तहले कुनै कुनै प्रकारबाट आफुलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री बाँस्कोटाले भुम्लु गाउँपालिकाको दुईवटा सडक पिच गर्ने समेत बताउनुभयो । उहाँले कतिपय ठूलो लगानी गर्नुपर्ने विकास निर्माणका आयोजनाहरु तत्काल बन्न सम्भव नरहे पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजना निर्माण पुरा गर्न लाग्नुपर्नेमा जोडदिनुभयो ।
थप भिडियोमा

https://www.youtube.com/watch?v=MmSjnejYPXQ&fbclid=IwAR3fqAY6zIq91MNKg846ITwGqhWX0D_15DbK1sPJEGtml3FiXxGHw1S0ONI

6325
Shares

ट्रेन्डिङ