सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित

5095
Shares
काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित

धुलिखेल, १९ असोजः काभ्रेमा एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये सबैभन्दा बढी पाँचखाल नगरपालिकामा १७ जना पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ७ महिला र ८ जना पुरुष संक्रमित भएका छन् । त्यस्तै बनेपालका नगरपालिकाका ७ पुरुष र ३ महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी निुभयो । त्यसैगरी पनौती नगरापलिकाका २ जना पुरुष र एक जनामा महिला पनि कोरोना संक्रमण देखिएको छ ।

आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । काभ्रेमा कोरोना संक्रमितको संख्या ७६८ पुगेको छ । ८ जनाको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा १७५ जना रहेका छन् । त्यस्तै १३० होम आइसोलेन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

5095
Shares

ट्रेन्डिङ