सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • इशा मेमोरियलद्वारा कर्मचारी र अभिभावकलाई राहत वितरण

इशा मेमोरियलद्वारा कर्मचारी र अभिभावकलाई राहत वितरण

3765
Shares
इशा मेमोरियलद्वारा कर्मचारी र अभिभावकलाई राहत वितरण

काभ्रे : कोरोना भाइरसका कारण बिगत ७ महिना देखि शैक्षिक गतिविधिहरु ठप्प हुँदा बिद्यालयहरु बन्द छन् भने विद्यार्थीहरुले पनि आफ्नो पढाइलाई राम्रो सङ आगाडि बढाउन सकिरहेका छैनन् । तथापि कति बिद्यालयले भने अनलाइन कक्षालाई भने अगाडि बढाइरहेका छन् ।

यस्तो अवस्थामा बिद्यालय संचालकलाई भने ठुलै मार परिरहेको छ। बिद्यालयमा आवद्ध कर्मचारीलाई तलब दिने देखि भाडा लगायतका कुरा संचालकले तिर्दै आउनु परिरहेको छ।

बिद्यालय नै नचल्दा विद्यार्थीसङ पैसा लिने कुरा पनि आएन।तर यी सबका बिच बनेपामा रहेको इशा मेमोरियल स्कुलले भने स्कुलमा आवद्ध कर्मचारी र अभिभावकलाई राहत बाढेको छ।

सोमबार स्कुलमा एक कार्यक्रम गरि पहिलो चरण अन्तर्गत १० कर्मचारी र २७ अविभावकलाई राहत बाढेको हो। राहतमा १ बोरा चामल ,२ प्याकेट नुन,२किलो दाल,१ लिटर तेल र १ किलो चिनि बितरन गरिएको थियो भने ९ जना सुत्केरी अविभावकलाई ब्ल्याङकेट समेत बाढियको थियो।

कोभीड १९ रिलिफ प्याकेज नाम दिइयर बितरन गरिएको राहत कार्यक्रम दोस्रो चरणमा समेत गरिने इशा मेमोरियल स्कुलमा अध्यक्ष सुर्य प्रभा जोशिले बताउनु भयो।

हामी र अविभावक भनेका एउटै परिवार भैसके पछि दुख परेका बेला सकेको सहयोग गर्न सके राम्रो हुने भएकाले यो राहत कार्यक्रमलाई अगाडि ल्याएको एम डि नारायण जोशीले थप बताए ।

3765
Shares

ट्रेन्डिङ