सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • “हाम्रो प्यारो नेपाल”देश भक्ती गीत सावजनिक ( भिडियोसहित )

“हाम्रो प्यारो नेपाल”देश भक्ती गीत सावजनिक ( भिडियोसहित )

10225
Shares
“हाम्रो प्यारो नेपाल”देश भक्ती गीत  सावजनिक ( भिडियोसहित )

शुक्रबार, अशोज ३० / लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माले राष्ट्रप्रति समर्पित गीत हाम्रो प्यारो नेपाल को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र छाया रुचालको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो ।

प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा दिलिप रायमाझी, सुभाष गजुरेल, रमेश प्रसाईं, टेक वाइवा लामा, रूद्रसेन विश्वकर्मा, पुजन घिमिरे, रश्मी भट्ट, झोटन मेहेता, सविना लामा, रविना लामा, किरण भुजेल, सुनिल कटुवाल, अन्नु चौधरी, राधिका रसाईली, ईश्वर बल्लभ उप्रेती, दिनेश कुमार कठायत, अलिना देउजा, टेक लामगादे, पवण बराइली, युनिका रसाईली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित यस भिडियोको छायाङ्कन पवन बराईलीले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ ।

10225
Shares

ट्रेन्डिङ