सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • दशैमा घरजान पारिश्रमिक माग्दा कुटिए मजदुर

दशैमा घरजान पारिश्रमिक माग्दा कुटिए मजदुर

5830
Shares
दशैमा घरजान पारिश्रमिक माग्दा कुटिए मजदुर

सोमवार, कार्तिक ३ / काभ्रेको बनेपामा होटलका मजदुरले पारिश्रमिक माग्दा मेनेजरद्वारा मजदुर कुटिएका छन् । बनेपा नगरपालिका वडा नम्बर ७ भीमसेन मार्गमा रहेको होटल द हब रेष्टुरेन्ट एण्ड लजमा काम गर्दै आएका पनौती नगरपालिका वडा नम्बर २ कुशादेवी बोलखे गाउँका २१ वर्षिय बिसुराम श्रेष्ठलाई मेनेजर मुकेश महजु श्रेष्ठले होटलमै कुटपिट गरेको पिडित श्रेष्ठले बताउनु भयो ।

पिडित श्रेष्ठ २०७५ माघ १४ गते देखि होटलमा वईटरको रुपमा काम सुरु गर्नु भएको थियो । उहाँले २०७७ असोज १७ गतेबाट वईटरको काम छाड्नु भएको थियो । दशैमा घरजान पारिश्रमिक माग्न जाँदा आफु माथी मेनेजरद्वारा कुटपिट भएको उहाँको भनाई छ ।

कुटपिटबाट श्रेष्ठको नाकमा चोट लागेको छ । सुरुमा पारिश्रमिक मासिक १० हजार तोकेको तर कहिल्यै भने जति पारिश्रमिक आफुले नपाएको नदिएको उहाँले बताउनुभयो ।

होटल द हब रेष्टुरेन्ट एण्ड लज नामबाट संञ्चालन भईरहेको होटललाई अहिले होटल मंगलम नामकरण गरी संचालन गरिदै आएको छ । पिडित श्रेष्ठले ईलाका प्रहरी कार्यालय बनेपालाई जानकारी गराउँदा पनि प्रहरीले वास्ता नगरेको गुनासो गर्नुभयो ।

5830
Shares

ट्रेन्डिङ