सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा अहिलेसम्मकै बढी ११० जनामा कोरोना संक्रमण

काभ्रेमा अहिलेसम्मकै बढी ११० जनामा कोरोना संक्रमण

6500
Shares
काभ्रेमा अहिलेसम्मकै बढी ११० जनामा कोरोना संक्रमण

धुलिखेल, ७ कात्र्तिकः काभ्रेमा हालसम्मकै सबैभन्दा बढीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै उच्च संख्या हो ।

नयाँ संक्रमित थपिएकामा सबैभन्दा बढी बनेपा नगरपालिकाका २८ जना पुरुष र २६ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका १४ जना महिला र १२ जना पुरुष रहेका छन् । त्यसै गरी पनौती नगरपालिका ५ जना पुरुष र ३ जना महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पाँचखाल नगरपालिकाका ५ जना पुरुष, रोशी गाउँपालिकाका २ जना पुरुष, बेथानचोक, चौरीदेउराली र खानीखोला गाउँपालिकाका १/१ जना पुरुषमा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या १४८१ पुगेको छ । ९०७ जना पुरुष र ५७४ जना महिला छन् । संक्रमित मध्ये आज मात्रै २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । निको हुनेको संख्या ९१५ पुगेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

6500
Shares

ट्रेन्डिङ