सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

4135
Shares
काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

काभ्रे : काभ्रेमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा पाँचखाल नगरपालिकाका ५३ बर्षीय पुरुष र दोलखाका ७७ बर्षीय महिला छन् । धुलिखेल अस्पतालमा उपचार गराइरहेका उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोना भाइरसबाट निधन हुनेको ४० पुगेको छ । यसैबीच आज जिल्लाका ३० जना कोरोना भाइरस मुक्त भएका छन् । संक्रमित भएर अस्पताल र आफ्नै घरको आइसोलेसनमा बसेका ३० जना भाइरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या २९ सय ४ पुगेको छ । यस्तै जिल्लामा आज ६ जना नयाँ संक्रमित थिएका छन् । थपिनेमा बनेपा नगरपालिका ३ पुरुष, धुलिखेल नगरपालिकाका १ महिला, पनौती र मण्डनदेउपुरका १÷१ जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३१ सय ८ पुगेको छ । होम आइसोलेसनमा १५७ र अस्पतालको आइसोलेसनमा ७ जना रहेका छन् ।

4135
Shares

ट्रेन्डिङ