सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • पनौतीको जंगलमा जुवा तास खेल्ने समूहका दुई जना प’क्राउ, १० वटा मोटरसाईकल नियन्त्रयणमा

पनौतीको जंगलमा जुवा तास खेल्ने समूहका दुई जना प’क्राउ, १० वटा मोटरसाईकल नियन्त्रयणमा

10615
Shares
पनौतीको जंगलमा जुवा तास खेल्ने समूहका दुई जना प’क्राउ, १० वटा मोटरसाईकल नियन्त्रयणमा

काभ्रे : काभ्रे प्र’हरीले जंगलमा जुवा तास खेल्ने समूहका दुई जनालाई प’क्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ९ मा रहेको देवीथान सामुदायिक वन भित्रको चौरमा मानिसहरु जम्मा भई पैसाको सट्टे बाजि थापी हारजित हुने गरी जुवा तास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा जंगल पुगेको प्र’हरीले दुई जनालाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा पनौती नगरपालिका वडा नं. ०९ का ३९ बर्षीय गोबिन्द राउत र रोशी गाउँपालिका वडा नं. ०१ का २९ बर्षीय राज कुमार न्यौपाने रहेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ । तास खेलिरहेको स्थानबाट प्रहरीले १ लाख, १ सय २० रुपैयाँ सहित २ वटा गाडी,१० वटा मोटरसाईकल र १ वटा स्कुटी नियन्त्रयणमा लिएको छ । फरार रहेको अन्य ब्यक्तिहरुको खोजी भैरहेको प्र’हरीले जनाएको छ ।

प्र’हरीले १६ बुक तास र २ थान कार्पेट पनि बरामद गरेको छ । जिल्ला प्र’हरी कार्यालय धुलिखेलले प’क्राउ परेकालाई “मुलुकी फौजदारी संहिता, २०७४“ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।

10615
Shares

ट्रेन्डिङ