सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेलका मोतियाबिन्दु भएका जेष्ठ नागरिकहरुको निशुल्क अप्रेसन गरिदै

धुलिखेलका मोतियाबिन्दु भएका जेष्ठ नागरिकहरुको निशुल्क अप्रेसन गरिदै

7445
Shares
धुलिखेलका मोतियाबिन्दु भएका जेष्ठ नागरिकहरुको निशुल्क अप्रेसन गरिदै

धुलिखेल : धुलिखेल नगरपालिकाका १४ जना मोतियाबिन्दु भएका जेष्ठ नागरिकको भोली निशुल्क अप्रेसन हुने भएको छ । वडा नं ६ मा सञ्चालित आँखा शिविरमा मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको निःशुल्क अप्रेसन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।

आकाश भैरब क्लबद्धारा सञ्चालित यस कार्यक्रम रेयुकाइ नेपाल र धुलिखेल नगरपालिकासँग समन्वय गरिएको छ । अप्रेसनको लागि क्लबले ४० प्रतिशत सहयोग गर्ने छ भने रेयुकाईले ५० प्रतिशत सहयोग गर्ने छ ।

आँखा शिविरमा जम्मा १६ जनामा मोतियाबिन्दु देखिएको थियो । मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको अप्रेसनपुर्व निःशुल्क पिसिआर टेस्ट पनि सम्पन्न भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक के.सीले बताउनुभयो ।

7445
Shares

ट्रेन्डिङ