सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेमा कोरोना भाइरसका कारण थप एकको ज्या’न गयो, १८ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको ज्या’न गयो, १८ जनामा संक्रमण पुष्टि

4365
Shares
काभ्रेमा कोरोना भाइरसका कारण थप एकको ज्या’न गयो, १८ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एकको ज्या’न गएको छ । बेथान्चोक गाउँपालिकाका ८६ बर्षिय एक महिला ज्या’न गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उहाँको उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्या’न गएको हो ।

यस्तै जिल्लामा आज १८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष छन् । यसैगरी धुलिखेल ३ जना महिला र ४ जना पुरुष, पाँचखालका १ जना महिला, पनौतीका १ जना पुरुष रहेका छन् भने महाभारत गाउँपालिकामा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १७ पुगेको छ भने १ सय ३५ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ सय ३५ जना होम आइसोलेसनमा छन् भने १२ जना अस्पताल आइसोलेसनमा उपचाररत छन् ।

 

4365
Shares

ट्रेन्डिङ