सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धुलिखेलका दलित सुमदायका बालवालिकाहरुलाई सर्वोतम पिठो बितरण गरिदै

धुलिखेलका दलित सुमदायका बालवालिकाहरुलाई सर्वोतम पिठो बितरण गरिदै

7040
Shares
धुलिखेलका दलित सुमदायका बालवालिकाहरुलाई सर्वोतम पिठो बितरण गरिदै

धुलिखेल : धुलिखेल नगरपालिकाका दलित सुमदायका बालवालिकाहरुको पोषणको अवस्था सुधार गर्नका लागि सर्वोतम पिठो बितरण गर्न सुरु गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नगरपालिका क्षेत्रका ६ महिना देखी पाँच बर्ष मुनिका दलित सुमदायका बालवालिकाहरुलाई सर्वोतम पिठो बितरण गर्न सुरु गरिएको हो ।

हिजो वडा नम्बर १०,११ र १२ का बालवालिकाहरुलाई ९-९ केजिका दरले पिठो बितरण गरिएको थियो । आज वडा नम्बर ८ र ९ मा बितरण गर्ने कार्यक्रम थियो भने ११ गते शनिबार वडा नम्बर १ र २ का बालवालिकाहरुलाई उपलब्ध गराईने छ ।

यस्तै १२ गते आईतबार वडा नम्बर ३,४,५ र ७ मा यो कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । सर्वोतम पिठो बितरण संगै बालबालीकाको तौल पनि लिने गरिएको छ ।

 

7040
Shares

ट्रेन्डिङ