सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिए, ११ जना संक्रमणमुक्त

काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिए, ११ जना संक्रमणमुक्त

3665
Shares
काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिए, ११ जना संक्रमणमुक्त

काभ्रे: काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका हुन् । थपिनेमा पनौती नगरपालिकाका २ जना पुरुष, नमोबुद्धका १ जना पुरुष र १ जना महिला रहेका छन् ।

यसैगरी भुम्लु गाउँपालिकाका १ जना पुरुष रहेका छन् । योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ६० पुगेको छ । जिल्लामा हाल १ सय ९ जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा नै ११ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ७ पुगेको छ । संक्रमणमुक्त हुने मध्ये पुरुष १ हजार ८ सय ४७ रहेका छन् भने महिला १ हजार २ सय ४० रहेको छन् । हाल जिल्लामा १ सय ३ जना होम आइसोलेसनमा रहेका छन् । त्यसैगरी ६ जना जिल्लामा रहेकोे २ वटा अस्पताल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

3665
Shares

ट्रेन्डिङ