सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • राेटरि कल्ब अफ काभ्रे बनेपाकाे निशुल्क दन्त तथा स्वास्थ शिविर

राेटरि कल्ब अफ काभ्रे बनेपाकाे निशुल्क दन्त तथा स्वास्थ शिविर

4820
Shares
राेटरि कल्ब अफ काभ्रे बनेपाकाे निशुल्क दन्त तथा स्वास्थ शिविर

धुलिखेल नगरपालिका वडा नम्बर ८ बडालगाउँमा रहेकाे विनायक बाल आधारभुत विद्यालयमा नि:शुल्क दन्त तथा स्वास्थ शिविर सञ्चालन भएकाे छ ।

राेटरी क्लब अफ काभ्रेकाे आयाेजनामा, आई.सि.डि नेपाल तथा आई. सि. डि नेपाल हेल्थ केयर सेन्टरकाे प्रविधिक सहयाेग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकाेट जेसीजकाे सहयाेगमा सञ्चालन भएकाे शिविरबाट २ सय १५ जनाकाे स्वास्थय परीक्षण गरिएकाे छ ।

जसमा १ सय ७५ जनाकाे दन्त परीक्षण, ४० जनाकाे सामान्य चेकजाँच, ४७ जनाकाे भिडियाे एक्स-रे साथै निःशुल्क शुल्क औषधी वितरण गरिएकाे आई. सि. डि नेपालका अध्यक्ष तथा राेटरी क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिनुभयो ।

उक्त अवसरमा सरस्वती माध्यामिक विद्यालय र विनायक बाल आधारभुत विद्यालयका १ सय ६० जना बालबालिकालाई स्टेस्नरि तथा टिफिन बक्स प्रदान गरिएकाे थियाे।

कार्यक्रममा राेटरी क्लब अफ काभ्रेका २०२१-२२ का अध्यक्ष रुक्मणि सिग्देलले राेटरी क्लब अफ काभ्रेले सामाजिक रुपमा कार्य गर्दै आईरहेकाे बताउनुभयो ।

कार्यक्रममा धुलिखेल वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जंगम, राेटरियन दमन कुमार श्रेष्ठ, केशव बडाल, पुर्व गाविस अध्यक्ष साधुराम बडाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाेला बहादुर गाैतम, नाल्दुम नगकाेट जेसिजका अध्यक्ष राजाराम गाैतम, विद्यालयका प्रधानाध्यापक नवराज तिमल्सिनाले सहयाेगी संस्थालाई धन्यवाद दिँदै समाजमा यस्ता कार्यक्रम निरन्तरताकाे आवश्यक रहेकाे बताउनुभयो ।

4820
Shares

ट्रेन्डिङ