सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मतदाता नामावलीमा दाबी विरोध आजदेखि

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

4895
Shares
मतदाता नामावलीमा दाबी विरोध आजदेखि

 

 

 

काठमाडौं, १९ फागुन : निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आज शुक्रवारदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ ।

 

नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

 

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

 

त्यस्तै कसैको मृत्यु भएको खण्डमा मतदाता नामावलीबाट हटाउन सूचना दिन सकिन्छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

 

यस्तै आयोगले स्थानीय तह चुनावका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनमाथि जाँच/बुझ गरिरहेको पनि जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो ।

 

तोकिएको अवधिमा ८० दलले दर्ता गर्न निवेदन दिएका थिए । सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने गरी मिति तोकिसकेको छ ।

 

 

4895
Shares

ट्रेन्डिङ