सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • हात्तीको आक्रमणबाट १ जना मृत्यु , २ घाइते

हात्तीको आक्रमणबाट १ जना मृत्यु , २ घाइते

1900
Shares
हात्तीको आक्रमणबाट १ जना मृत्यु , २ घाइते

रौतहट। पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ।

चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए । शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्र भनाई छ । उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन्।

शनिबार साँझमा घटनाको खबर आए पनि हात्ती त्यसै ठाउँमा रहेकाले आज बिहान मात्र सेना प्रहरी बन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइरालाले बताए। मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरी लाई समेत चोटपटक लागेको डिएसपी कोइरालाले जानकारी दिएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

1900
Shares

ट्रेन्डिङ