सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बनेपा–पनौती सडकखण्ड बन्द

काभ्रेको बनेपा–पनौती सडकखण्ड बन्द

31335
Shares
काभ्रेको बनेपा–पनौती सडकखण्ड बन्द

बनेपा–पनौती सडकखण्ड अन्तर्गत श्रीखण्डपुर धनेश्वर मार्गमा स्थानीयले सवारी आवागमनमा अवरोध गरेका छन्।

पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै त्यहाँका स्थानीयले आवगमन बन्द गरेका हुन् । उनीहरुले जुनसुकै सवारी साधन आउँजाउ बन्द गरेका छन्।

धुलोले त्यहाँ बस्न र हिँडडुल गर्न समेत समस्या भएको पनि सडक पिच नगरिएको भन्दै सडक नै बन्द गर्नुपरेको स्थानियहरुले बताएका छन् ।

उनीहरुले यसअघि पनि पटक पटक बाटो बन्द गराउँदै आएका छन् । यहि चैत्र १ गतेबाट बाँकी खण्डमा कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले पहिलो पटकको बन्द फिर्ता लिएका थिए ।

 

सहमति अनुसार काम नभएको भन्दै अब अनिश्चितकालिन बन्द जारी राख्ने स्थानीयको भनाई छ ।

31335
Shares

ट्रेन्डिङ