सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • धुलिखेलमा बलभद्र कुँवरको शालिक (भिडियो सहित)

धुलिखेलमा बलभद्र कुँवरको शालिक (भिडियो सहित)

12905
Shares

धुलिखेल : धुलिखेल नगरपालिकाले राष्ट्रिय बिभुति वीर बलभद्र कुँवरको शालिक निर्माण गरेको छ । देवीस्थान स्थित वडा नम्बर ९ मा निर्माण गरिएको कुँवरको शालिकको आज नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

शालिक निर्माणका लागि १९ लाख खर्च भएको छ । शालिकको उद्घाटन गर्दै नगरप्रमुख ब्याञ्जुले राष्ट्रिय बिभूतिको सम्मानका लागि शालिक निर्माण गरेको भन्दै पुर्खाहरुको योगदानलाई भुल्न नहुने बताउनुभयो । ‘हामीले पुर्खाको सम्मान गर्नुपर्छ, त्यसैको एउटा उदाहारण पनि हो यो शालिक, उहाँले भन्नुभयो, यो एउटा शालिक मात्रै होइन, यसले राष्ट्रका लागि योगदान दिने पुर्खाको सम्मान पनि गरेको छ।’

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकार,ि उपप्रमुख बिमला शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षका साथै जनप्रतिनिधिहरु सहभागि भएका थिए ।

https://www.youtube.com/watch?v=wAsKf3rdthA&fbclid=IwAR0T4oTAhYTBBOJva7mVDgAzS4MnxeXKtT-jtpXAMq8kQWS5_IUx7K2Jn7Q

12905
Shares

ट्रेन्डिङ