सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यस्तो छ काभ्रेको तालढुंगा (भिडियो सहित)

यस्तो छ काभ्रेको तालढुंगा (भिडियो सहित)

12570
Shares

काभ्रे :काभ्रेको तालढुंगा धेरैले सुनेको नाम हो । तर धेरै जना पुग्न नसकेको ठाउँ पनि । यो तत्कालिन माओवादीको आधारभूमि पनि हो । केहिवर्षअघि सम्म निकै मुस्किल थियो । तर अहिले भने सडक यातायातको सहज पहुँच पुगेको छ । पनौती, कामीडाँडा सडक हुँदै तालढुंगासम्म पुग्नलाई सजिलो भएको छ । खाना र बस्ने सुविधा पनि राम्रो छ । खानीखोला गाउँपालिकाको केन्द्र पनि यहि छ । सुरक्षाका लागि प्रहरी चौकी पनि छ ।

वरिपरि डाँडाले घेरिएको बिचमा थोरै समथर जमिन । त्यहि ठाउँमा छ ताल ढुंगा । कञ्चन पानी बग्ने खानीखोलाको किनारमा रहेको यो ढुंगामा स्थानीयहरुले अन्नबाली सुकाउने गरेका छन् ।

तालढुंगामा दैनिक दुई वटा सार्वजनिक बस आउँछन् । एउटा पनौती हुँदै र अर्को ललितपुर हुँदै । ताल ढुंगाबाट ललितपुर पनि निस्कन सकिन्छ । बाटो भने कच्ची छ । तर हिउँदको समयमा ताल ढुंगा पुग्न सहज छ ।
थप हेरौँ भिडियोमा

12570
Shares

ट्रेन्डिङ