सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पूर्वमन्त्री बास्कोटाले भने ‘बसुन्धरा होइन चन्द्र लामा हो मन्त्री बन्ने’

पूर्वमन्त्री बास्कोटाले भने ‘बसुन्धरा होइन चन्द्र लामा हो मन्त्री बन्ने’

18630
Shares

काभ्रे : नेकपा काभ्रे इन्चार्ज एवं पूर्वमन्त्री गोकुल बास्कोटाले बागमती प्रदेशसभा सांसद बसुन्धरा हुमागाईलाई पदको लोभीको संज्ञा दिएका छन् । शनिबार बनेपामा रहेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले मन्त्री पदका लागि गुट फेरीको दाबी समेत गरे ।

प्रदेश सांसद हुमागाईलाई लक्षित गर्दै बास्कोटाले भने ‘यसो सानोतिनो ब्यापार गर्ने, जनमोर्चा तिर लागेको मान्छेलाई २०५४ सालमा आफैले टिपेर ल्याएर पाटीमा हुलेको थिए, सांसद बनाइएको थियो, तपाईहरुले नै भोट होल्नु भयो, खट्ने तपाई मततदाता, अनि अहिले जाने एक्लै लुसुक्क, मन्त्री खाना गाको ? म दाबीका साथ भनिदिन्छु मन्त्री भयो भने चन्द्र लामा हुने हो, अरु कुनै हुनेवाला छैन’

सांसद हुमागाईलाई सिद्धान्त र विचार नभएको मान्छेको संज्ञा दिदैँ मन्त्री बास्कोटाले जनतालाई धोका दिनेहरुलाई मन्त्री बनाएर हुनेवाला केहि छैन । ‘फगत स्वार्थ पदका लागि हिड्नेले तपाईहरुको योगदानको कदर गर्न सक्दैन । पिङ खेले झै यता र उता गर्नेहरुको विश्वास कहिल्यै पनि नगर्नुस् ।’

पूर्वमन्त्री बास्कोटाले विकास भएकै छैन भन्नेहरुलाई आफ्नो निर्वाचित क्षेत्रमा आएर हेर्न समेत चुनौती दिए । ‘कोठाभित्र बसेर विकास भएकै छैन भनेर आँखामा पट्टी बाध्न नखोजियोस्, मेरो निर्वाचन क्षेत्रमा आएर हेर्नुस्, यो एउटा उदाहरण मात्रै देशभर विकास तीब्र गतिमा भइरहेका छन्, भ्रममा कुनै एक ब्यक्तिलाई पार्न सकिएला, सिँगो समाज, गाउँ र बस्तीलाई पार्न सकिदैँन, विकासको नमुना हेर्न गाउँ, गाउँ डुल्नुपर्छ ।’

18630
Shares

ट्रेन्डिङ