सबैको समाचार
शुक्रबार, असार ६, २०८२
  • होमपेज
  • १२२ चिनियाँ नागरिकलाई प्रहरी कार्यालयबाटै म्याद थप

१२२ चिनियाँ नागरिकलाई प्रहरी कार्यालयबाटै म्याद थप

4025
Shares
१२२ चिनियाँ नागरिकलाई प्रहरी कार्यालयबाटै म्याद थप

काठमाडौँ , पुष , ८ ,   प्रहरीले सोमबार पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई प्रहरी कार्यालयबाटै म्याद थपको प्रक्रिया अगाडि बढाएको छ । महानगरीय प्रहरी परिसरका आयुक्त डीआईजी विश्वराज पोखरेलका अनुसार काठमाण्डौ परिसरबाट ८४ र महाराजगञ्ज वृत्तबाट ३८ जनाको म्याद थपको प्रक्रिया अगाडि बढाइएको हो।

सोमबार प्रहरीले १२२ जनालाई पक्राउ गरेकोमा परिसरमा ४४ जना, दरबारमार्ग वृत्तमा १४, महाराजगञ्ज प्रहरी वृत्तमा ३८ जना, सोह्रखुट्टे प्रहरी वृत्तमा ११ र बालाजु प्रहरी वृत्तमा १५ जनालाई राखिएको थियो।

म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौंको संयन्त्र प्रहरी कार्यालयमै पुगेको थियो। भाषा समस्या र पक्राउ परेका आरोपितको संख्या धेरै भएका कारणले उनीहरुलाई अदालतमा उपस्थित गराउन समस्या भएको प्रहरीले जनाएको छ।

4025
Shares

ट्रेन्डिङ