सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

4710
Shares
खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

वीरगञ्ज, माघ ४ः कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो ।

भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महीनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए ।

नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए ।

केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको मसर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए ।

खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालकसमेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए । रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको छ ।

सूर्यमुखी तेल भटमासको तुलनामा प्रतिलिटर १० रुपैयाँ महँगो हुन्छ । तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । कारखाना मूल्यभन्दा उपभोक्ता मूल्य २० प्रतिशतसम्म बढी हुने विक्रेता बताउँछन् ।

अधिकांश स्वदेशी तेल उत्पादकले भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरी प्रशोधन गर्छन् । केही उद्योगले भटमासको दाना आयात गर्छन् । विगतमा प्रतिमेट्रिक टन ९मेट० भटमासको अर्धप्रशोधित तेल ७०० अमेरिकी डलरमा आउनेमा अहिले भारतको कोलकाता बन्दरगाहसम्म आइपुग्दा यसको मूल्य १ हजार १०० डलर पुगेको उद्यमीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

4710
Shares

ट्रेन्डिङ