सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अनेरास्ववियु काभ्रेले भन्यो ‘विद्यार्थीलाई तत्काल गाडी भाडामा छुट दिइयोस्’

अनेरास्ववियु काभ्रेले भन्यो ‘विद्यार्थीलाई तत्काल गाडी भाडामा छुट दिइयोस्’

10475
Shares
अनेरास्ववियु काभ्रेले भन्यो ‘विद्यार्थीलाई तत्काल गाडी भाडामा छुट दिइयोस्’
  • भक्त बहादुर दाहाल

काभ्रे : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काभ्रेले गाडी भाडामा विद्यार्थीले छुट नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई अनेरास्ववियुले ३ बुदेँ माग सहित ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष उपेन्द्र शर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राज्यले यातायात क्षेत्रमा विद्यार्थीलाई दिइएको सहुलियत कार्यान्वयन गर्नुपर्ने, विद्यार्थी संगठन र यातायात ब्यवसायी बीच तत्काल वर्षको वातावरण बनाउन र ट्राफिक प्र’हरी तथा नेपाल प्र’हरीले चेकपोष्टमा सहुलियत कार्यान्वयनका बारे अनुगमन गराउन माग गरिएको छ ।

सरकारले लकडाउन पूर्ण रुपमा हटाएर साबिककै अवस्थामा यात्रु बोक्न पाउने ब्यवस्था गरेपछि विद्यार्थीलाई यातायात ब्यवसायी छुट नदिएको भन्दै अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको हो ।

स्कुल, कलेज खुलिसकेको र साबिककै अवस्थामा यात्रु बोक्न पाउँदा पनि विद्यार्थीले छुट नपाएका आफुहरुले प्रशासन मार्फत तत्काल कार्यान्वयन गराउन माग गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस नफैलियोस् भनेर लकडाउन सुरु भएसँगै यातायात ब्यवसायीले विद्यार्थीलाई छुट दिन मानिरहेका छैनन् ।

10475
Shares

ट्रेन्डिङ