सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोनाको दोस्रो लहर: काभ्रेमा सरोकारवालाको तयारी फितलो

कोरोनाको दोस्रो लहर: काभ्रेमा सरोकारवालाको तयारी फितलो

6280
Shares
कोरोनाको दोस्रो लहर: काभ्रेमा सरोकारवालाको तयारी फितलो

काभ्रे, ५ बैशाख । पूर्वी नेपाल र तराईको जिल्लाबाट राजधानी प्रवेश गर्ने नाका काभ्रे जिल्लामा कोभिडबाट जोगिन सरोकारवाला निकायको तयारी निकै कमजोर देखिएको छ । जिल्लामा अहिले एउटा पनि क्वारेन्टाइन छैन् । कुनै पनि स्थानीय तहले क्वारेन्टाइन सञ्चालन गर्न विद्यालय बाहेकका अरू संरचना देखेका छैनन् ।

कोरोना भाईरसको परीक्षण पनि समुदाय केन्द्रीत गरिएको छैन । सावधानी पनि अपनाएको पाइदैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपा कुनैपनि बेला कोरोना संक्रमणको ‘हट स्पोट’ बन्ने खतरा कायमै छ ।

धुलिखेल, पनौती, भकुण्डे, पाँचखाल, कुन्ताबेसी, दोलालघाट जस्तो मानिसको बढी भिडभाड हुने ठाउँमा मास्क लगाउनेको संख्या निकै कम देखिन्छ । जबकि भाईरसबाट जोगिने पहिले उपाय भनेकै मास्क लगाउनु हो ।

केन्द्र सरकारले २५ जनाभन्दा बढीको भिड् नगर्न निर्देशन जारी गरेको छ । तर जिल्लाका कुनै पनि स्थानीय तहले केन्द्र सरकारको निर्देशन मानेका छैनन् । दिनहुँ जसो ठूलो जनसंख्या जम्मा गरेर कार्यक्रम गर्ने गरेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले परिस्थिति हेरिकन क्वारेन्टाइन र स्वास्थ्य सामाग्री तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई आग्रह गरेको बताउनुभयो । तर धेरै जसो स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले पीपीई, मास्क, स्यानिटाजर जस्ता अति आवश्यक स्वास्थ्य सामाग्री समेत नरहेको बताएका छन् ।

जिल्लामा अहिले कन्ट्याक्ट ट्रेसिङ समेत हुने गरेको छैन् । संक्रमित प्रायः सबै घरकै आईसोलेसनमा बसेका छन् । यसरी घरमा बसेका संक्रमित अनुशासित नहुने र स्वास्थ्य मापदण्डका उपाय भरपुर रूपमा नअपनाउने हो भने घर, गाउँ र टोलकै परिस्थिति जटिल बन्ने विज्ञहरू बताउँछन् ।

जिल्लामा सरकारी अस्पताल भर पर्दो छैन । नीजि अस्पतालहरूले कम्तीमा कुल बेड संख्याको २० प्रतिशत बेड कोरोना संक्रमितको उपचार छुट्याउनु पर्ने सरकारी प्रावधान छ । तर उनीहरू पनि पहिलेकै जस्तो संक्रमितको उपचार गर्न तत्पर देखिँदैनन् । यस्तो अवस्थामा स्थानीय तहहरू थप जिम्मेवार हुनु पर्ने देखिन्छ ।

6280
Shares

ट्रेन्डिङ