सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • पनौतीको मेयरमा रामशरण भण्डारीको दाबेदारी, यस्ता छन् पनौती हाक्न एजेन्डा

पनौतीको मेयरमा रामशरण भण्डारीको दाबेदारी, यस्ता छन् पनौती हाक्न एजेन्डा

17575
Shares
पनौतीको मेयरमा रामशरण भण्डारीको दाबेदारी, यस्ता छन् पनौती हाक्न एजेन्डा

वैशाख ३० स्थानीय निर्वाचनमा नजिकिए संगै जिल्लाको ऐतिहासिक नगरको रूपमा परिचित पनौती नगरपालिका हाँक्न पनि नेपालि काग्रेसका उमेद्वार बन्ने होड बाजी झन् बढेको छ।

सोहि अभियानमा पनौती काग्रेसका सभापति समेत रहेका रामशरण भण्डारी अघि बढेका छन् । काँग्रेस पनौती नगरका सर्वसम्मत बनेका सभापति भण्डारी लामो समय देखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील रहेको पाईन्छ ।

जिल्लाको दुवै निर्वाचन क्षेत्रलाई प्रतक्ष्य प्रभाव पार्ने पनौती नगर नेतृत्व गर्न काँग्रेस बाट प्रमुख दाबेदारका रूपमा अघि बढेका भण्डारीले विभिन्न चुनाबी योजना समेत प्रस्तुत समेत गरेका छन् ।

उनका योजनामा व्यवस्थित बसपार्क निर्माण, सबै घरधुरीमा खानेपानी सुविधा, फोहोर व्यवस्थापनका साथै स्वास्थ्य, शिक्षा, रोजगारी अन्य पूर्वाधार निर्माणलाई प्रमुख चुनावी एजेन्डाको रूपमा अघि सारेर अघि बडेको भण्डारी वाताउछन ।

२०४२ सालमा तत्कालीन पञ्चायतको सभापति हुदै निरन्तर हाल सम्म निरन्तर राजनीतिमा सक्रिय भण्डारी पार्टीमा कुनै पनि लाभको पदमा नबसेका व्यक्ति रहेको स्थानीयको बुझाई रहेको पाईन्छ ।

महाधिवेशनमा अन्य पालिकामा नेतृत्वमा पुग्न व्यापक प्रतिस्पर्धा भइरहेको बेला पनौती नगरमा भने भण्डारी सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएका थिए ।सभापतिमा सर्वसम्मत भए झैँ उनि नगरप्रमुखमा समेत सर्वसम्मत हुने दाउमा भण्डारी देखिन्छन । तर उनि संगै पाटि बाटै आफु पनि उमेद्वारको रुपमा हुनुपर्छ भन्दै अन्य थुप्रै नेताहरुले समेत उमेद्वारी घोषणा समेत गरि सकेका छन् ।

17575
Shares

ट्रेन्डिङ