सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • धुलिखेलका महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण

धुलिखेलका महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण

7395
Shares
धुलिखेलका महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण

५ बैशाख, धुलिखेल: धुलिखेल नगरपालिकाले नगरभित्रका महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण गरिएको छ । नगरपालिकाले गठन गरेको महिला परिषद्ले खरिद गरिएको प्लाष्टिक टनेल र सिलाई मेशिन नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले आईतबार वितरण गर्नु भएको हो । नगरपालिकाभित्रका ३६ जनालाई सिलाई मेशिन र १२५ जनालाई प्लाष्टिक टनेल नगरप्रमुख ब्याञ्जु श्रेष्ठले वितरण गर्नु भएको हो ।

कार्यक्रममा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले स्थानीय जनतालाई रोजगारी गराउने गरी विगतका बर्षदेखि नै काम गर्दै आएको बताउनुभयो । ठाउँ अनुसार रोजगार सिर्जना गरी गरिबी निवारणका लागि नगरपालिकाले विभिन्न काम गरेको भन्दै उहाँले ज्ञान र सीपलाई आम्दानीमा रूपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।

नगरबासी आर्थिकरूपमा सक्षम भएमात्रै नगरपालिका बलियो हुने भएकाले त्यहि अनुसारको काममा आफु दृढ विश्वासका साथ लागिपरेको बताउनुभयो ।‘ आफुले गर्न खोजेको काम आफ्नो वडाका जनप्रतिनिधिलाई भन्नुस्, हामी तपाईहरूलाई सहयोग गर्न तत्पर छौ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ‘हामी देशकै नमूना नगरपालिका बनाउने तयारीमा छौ, यसका लागि तपाई नगरबासीको साथ र सहयोग आवश्यक छ ।’

थोरै जमिनमा धेरै आम्दानी गर्ने गरी कृषिमा नगरपालिकाले आधुनिक औजार वितरण गर्दै आएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।नगरपालिकाले धेरै दिदीबहिनीलाई सिलाईको तालिम दिईसकेको भन्दै उपप्रमुख बिमला शर्माले सिकेको सिपलाई ब्यवहार उतार्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले कृषिमा आधुनिकताका ल्याउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । हिँसा न्यूनिकरण गर्न समेत आर्थिक पाटोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उहाँको भनाई छ ।

अघिल्लो बर्ष लकडाउनका कारण वितरण गर्न नसकिएको प्लाष्टिक टनेल र सिलाई मेशिन यो बर्ष वितरण गरिएको वडा नम्बर ११ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक विष्णु धितालले जानकारी दिनुभयो । वडाध्यक्ष धितालले आफुले प्राप्त गरेको सामग्री सहि तवरले सदुपयोग गरि जीविकोपार्जनमा सुधार गर्न समेत आग्रह गर्नुभयो ।

7395
Shares

ट्रेन्डिङ