सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कोरोनाबाट भारतमा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट भारतमा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु

5670
Shares
कोरोनाबाट भारतमा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं, वैशाख १५ । भारतमा पहिलो पटक एकैदिन कोरोना भाइरसका कारण ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ । दोस्रो नम्बरमा ब्राजिल (३ लाख ९२ हजार) र तेस्रो नम्बरमा मेक्सिको (२ लाख १५ हजार) छ ।

कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ ।

भारतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्नेछ । मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन् । पछिल्ला सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी संक्रमित थपिएका छन् भने २ हजार बढी मानिसले ज्यान गुमाएका छन् ।

कतिपय विज्ञहरूले भारतमा सरकारी तथ्यांकमा देखाएभन्दा धेरै नै मानिसहरूको कोरोनाबाट मृत्यु भएको हुन सक्ने बताएका छन् । एजेन्सी

 

5670
Shares

ट्रेन्डिङ