सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुलुकभर ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिए, ५४ को मृत्यु

मुलुकभर ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिए, ५४ को मृत्यु

6335
Shares
मुलुकभर ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिए, ५४ को मृत्यु

काठमाडौं, २३ बैशाख : नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै बसै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १४२ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ३६७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७०७ संक्रमित निको भए, ५४ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७०७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १४२ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

6335
Shares

ट्रेन्डिङ