सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पनौतीमा होम आइसोलेसन बसेका संक्रमितको स्वास्थ्य बुझ्न उपप्रमुख र डाक्टरले सुरू गरे घरदैलो

पनौतीमा होम आइसोलेसन बसेका संक्रमितको स्वास्थ्य बुझ्न उपप्रमुख र डाक्टरले सुरू गरे घरदैलो

7250
Shares
पनौतीमा होम आइसोलेसन बसेका संक्रमितको स्वास्थ्य बुझ्न उपप्रमुख र डाक्टरले सुरू गरे घरदैलो

काभ्रे, ३१ बैशाख: पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न डाक्टर सहित स्वास्थ्यकर्मीको टोली लिएर घर-घर पुग्न थाल्नु भएको छ ।

आजबाट होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घरै पुग्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।पनौती नगरपालिका कोरोना भाईरसको दोस्रो लहरबाट प्रभावित मध्ये जिल्लाको तेस्रो स्थानमा पर्छ ।

आज नगरपालिकाको बिभिन्न ठाउँका १४ जना संक्रमितको स्वास्थ्य अबस्था बुझ्नुका साथै होम आईसोलेसनमा बस्दा ख्याल गर्नु पर्ने थप सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो ।उपप्रमुख बञ्जाराको टोलीमा डाक्टर अभिनेश बञ्जारा, स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिना सहितको स्वास्थ्यकर्मीको टोली छ ।

नगरपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीको घरदैलो मै पुग्ने एउटा समूह बनाएको छ । ‘हामीले फोनबाटै पनि उपायहरू बताईरहेका हुन्छौँ, अलिक बढी समस्या भएको घरमै पुुुगेर सल्लाह, सुझाव दिँदा संक्रमितको आत्मविश्वास पनि बढ्दो रहेछ, स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले भन्नुभयो ।’

7250
Shares

ट्रेन्डिङ