सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बनेपामा कोरोना भाईरस ‘भुसको आगो’ झै सल्कि रह्यो

बनेपामा कोरोना भाईरस ‘भुसको आगो’ झै सल्कि रह्यो

14080
Shares
बनेपामा कोरोना भाईरस ‘भुसको आगो’ झै सल्कि रह्यो

काभ्रे : बनेपामा कोरोना भाईरसको दोस्रो लहर धुलिखेल र पनौती भन्दा केहि समय पछि देखिएको थियो । तर अहिले यी दुई नगरपालिकालाई निकै पछि पार्दै जिल्लामा कोरोना संक्रमणको नेतृत्व बनेपाले गरिरहेको छ ।

अझ भनौँ बेपामा भुसको आगो जस्तै कोरोना भाईरस सल्किरहेको छ । बनेपा भौगोलिक हिसाबले सानो छ त । तर मानिसको बसोबास सबैभन्दा बढी यहीँ छ । काभ्रेका गाउँ गाउँदेखि बनेपा आएर गुजरा चलाउने र बालबच्चा पढाउनेको ठूलो जमात छ । अर्थात् बनेपा आएर बस्नु अझैपनि धेरैको सपना हो । काभ्रे बाहेक छिमेकी जिल्ला र देशका बिभिन्न क्षेत्रबाट समेत ब्यापार, ब्यवसाय गर्ने र स्थायी रूपमा बसोबास गर्नेको संख्या पनि ठूलै छ । गाउँ र सहर बीचको आउजाउको कुरा गर्ने हो भने जिल्लाका अन्य नगरपालिका भन्दा बनेपासँग नै बढी छ ।

बैशाख १९ गते राति १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपा लगायतका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्यो । तर निषेधाज्ञा पालना नगर्नेमा बनेपा नै शीर्षस्थानमा रह्यो । झण्डै तीन दर्जन सामाजिक संघसंस्थाहरूले कोरोना संक्रमण नियन्त्रण गर्न नगरपालिकाको ध्यानाकर्षण नै गराउनु पर्ने अवस्था आयो ।

बनेपा नगरपालिकाको १४ मध्ये ३ वटा वडामा मात्रै १० जनाभन्दा कम सक्रिय संक्रमित छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ३ गते साँझसम्म आइपुग्दा नम्बर वडा २ मा ६ जना, वडा नम्बर १२ मा ४ जना र १४ नम्बर वडामा सक्रिय संक्रमित ९ जना मात्रै छन् । वडा नम्बर ७ मा ६८ र  वडा नम्बर ८ मा ६१ जना सक्रिय संक्रमित छन् ।

वडा नम्बर १० मा ४६ जना, वडा नम्बर ९ मा ४२ जना, वडा नम्बर ५ मा ३९ जना, वडा नम्बर ६ मा ३८ जना, १३ नम्बरमा ३४ जना, वडा नम्बर ४ मा ३२ जना, वडा नम्बर १ मा १३ जना र वडा नम्बर वडा ३ मा ११ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य शाखाका अनुसार बनेपा नगरपालिकाका मात्रै अहिले कुल सक्रिय संक्रमितको संख्या ४२१ र अन्य ठाउँका ९२ जना गरी ५१३ जना छन् । संक्रमित मध्ये बनेपाकै स्थायी ११ जनाको मृत्यु भइसकेको छ ।

अहिले बनेपामा कोरोना संक्रमितको उपचारको नेतृत्व गरिरहेको शिर मेमोरियल अस्पतालमा नयाँ संक्रमितले भर्ना पाउन निकै मुस्किल छ । बेड खाली छैन । अन्य स-सा अस्पतालमा पनि विरामीको चाप उस्तै छ । नगरपालिकाले वडा नम्बर १० मा कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल सञ्चालनमा ल्याएपनि संक्रमित संख्या र अस्पतालको बेडको अनुपात मिल्दैन ।

14080
Shares

ट्रेन्डिङ