सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा एकैदिन ४४२ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

काभ्रेमा एकैदिन ४४२ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

7235
Shares
काभ्रेमा एकैदिन ४४२ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

काभ्रे : काभ्रेमा एकैदिन ४४२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजै १३६ जना कोरोना भाईरस मुक्त भएका छन् । कोरोना भाईरस मुक्त हुनेमा होम आईसोलेसनमा बसेका संक्रमित धेरै छन् ।आज थपिएका संक्रमितको संख्या कोरोना भाईरसको दोस्रो लहर फैलिए यताकै धेरै हो ।

आज काभ्रेका दुई जनाको मृ’त्यु भएको छ । ‘मृत्यु हुनेमा नमोबुद्ध नगरपालिकाका ७७ बर्षीय पुरूष र धुलिखेल नगरपालिकाका ८७ बर्षीय पुरूष रहेका छन् । दुबै जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ’त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौतीमा नगरपालिकाका ६९ जना पुरुष र ५० जना महिला छन् । त्यसैगरि धुलिखेल नगरपालिकाका ४५ जना महिला र २५ जना पुरुष, बनेपा नगरपालिकाका  ३९ जना पुरुष र ३१ जना महिला, नमोबुद्ध नगरपालिकाका २० जना पुरुष र ९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

भुम्लु गाउँपालिकाका १५ जना पुरुष र १२ महिला, बेथानचोक गाउँपालिकाका २५ जना महिला र १० जना पुरुष, रोशी गाउँपालिकाका  ३३ जना पुरुष र १३ जना महिला, महाभारत गाउँपालिकाका १४ जना पुरुष र १० जना महिला, मण्डनदेउपुर नगरपालिकाका महिला र पुरुष ६/६ जना, खानीखोला गाउँपालिकाका  २ जना महिला र १ जना पुरुष, पाँचखालनगरपालिकाका १ जना महिला, तेमाल गाउँपालिकाका १ जना पुरुष र चौरीदेराली गाउँपालिकाका ४ जना महिला र १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २३ सय ५८ पुगेको छ । जसमा अस्पतालको आईसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २३ सय ३९ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

7235
Shares

ट्रेन्डिङ