सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुनै समय अरुको जुठो खाएर रमाउनु पर्ने अवस्था सम्झँदा अहिले कहाली लाग्छ : खेलाडी राजु आधिकारी

कुनै समय अरुको जुठो खाएर रमाउनु पर्ने अवस्था सम्झँदा अहिले कहाली लाग्छ : खेलाडी राजु आधिकारी

16555
Shares
कुनै समय अरुको जुठो खाएर रमाउनु पर्ने अवस्था सम्झँदा अहिले कहाली लाग्छ : खेलाडी राजु आधिकारी

यो समयमा आएर कोहि पनि बेबारिसे भएर जिन्दगी जिउँन न परोस् जस्तो भावना आउँछ तर रहर भन्दा बाध्यता बन्नु परेको अहिले को समाजमा देखिदै आइरहेको छ ।

सम्झिने हो भने पुरानो कुरा हरु सबै धिखार लाग्छ तर त्यहीँ बाट बाहिर निस्केर नयाँ जीवन बिताउन कति को सहज भुमिका खेल्दा राम्रो हुन्छ भन्ने सोचेर अगाडि बड्यो भने साच्चै न गर्ने सक्ने भन्ने हुदैन भन्ने प्रमानित गरेर जीवनको दौडमा हिडिरहेका राजु आधिकारीको जीवनमा घटेको घतलाग्दो कुराहरुलाइ लिएर सबैको समाचारका सम्बादाता सुनिल श्रेष्ठले गरेको कुराकानी :

➤ हजुर लाई स्वागत छ ?
नमस्कार अनि धन्यवाद

➤आज भोलि के मा ब्यस्त  ?
बिहान हकि खेल अभ्यास गर्दै छु । मामाघर नेपालमा रहेका भाइहरुलाइ पढ्न सहयोग गर्छु। दिउँसो इलेक्टि्रकल्स र प्लम्बिङ्को काम सिक्दैछु यस्तैमा दिन बित्दछ।

➤ जिन्दगी कसरी बित्त्दै छ  ?
हिजो सडकमा बस्ने बेलाको पीडाले बेला बेला झस्काउँछ। आजको आशावादी जिन्दगी भोलिको सुन्दर परिकल्पनामा डुबेर बांच्दैछु। हेरौं समयले कता पुर्याउछ ।

➤आफुले आफुलाइ कसरी चिनाउनु हुन्छ ?
सुन्दर भबिस्यको कल्पनामा संघर्ष गरिरहेको एउटा मान्छे। जस्ले सबै खाले दुख पीडा भोगेको छ।

➤ आमा बुबाको माया कतिको पाउनु भएको छ ?
आमाको अनुहार देखेको थिएँ बाबाको अनुहार याद पनि छैन। आमा बाबाको मायाँ पाएको भए त म कसरी सडक बालक बनेर दुनियाँको छि छि र दुर दुर सहँन पर्थ्यो होला र । मैले त आमा बाबा मायाँ अनुभव गर्न पाइन। संसारका कसैले पनि आमा बाबाको मायाँ बाट बिमुख हुन नपरोस् भन्ने कामना गर्दछु।

➤ ” हेपिएको मानव हु” किन भन्नू हुन्छ आफुलाइ ?
हिजो सडकमा बिताएको १० बर्ष, कवाडीको थुप्रोमा भाग्य र भबिस्य खोज्दै हिंडेको बेला अरु मान्छेले गरेको व्यबहार सम्झँदा त्यस्तो भन्न मन लाग्छ । सडक बालबालिकाले अनेक दु:ख त भोग्छ्न नै सुकिला कपडा लगाएर हिँड्ने मान्छेले गर्ने बोली बचन र व्यबहारले हेपि रहेका हुन्छन्। म त्यस्तै हेपिएको पुर्व सडक बालक हुँ। ममाघर नेपालमा बस्न थालेपछि अहिले त मलाई सबैले मायाँ गर्नु हुन्छ।

➤ १० बर्ष सम्म सडकमा प्लास्टिक टिपेर हिड्दा अथवा जीवन गुजार्ने क्रममा त्यो कुराहरुलाई कसरी सम्झिनु हुन्छ ?
खानको लागि ,पेट भर्नको लागि जे पनि गर्न पछि नपर्ने अवस्था हो त्यो। कहाँ बस्ने, के खाने केही ठेगान नहुने, कस्ले कतिबेला के पो गर्छ थाहा नहुने जीवन भोगाइ। अरुको जुठो खाएर रमाउनु पर्ने अवस्था के -के हो के -के सम्झँदा नि कहाली लाग्छ।

➤ सडकको जिन्दगीबाट बाहिर निस्किन के सम्म गर्नु भयो ?
सडक जीवनबाट निस्कँन सकिएला जस्तो नै लाग्दैन थियो। कवाडी टिप्ने, लागू पदार्थ खाने , जुध्ने हिँड्ने गर्दैमा दिन बित्थ्यो।

➤ त्यो उमेरमा कतिले लात हाने होलान् अस्लिल शब्द प्रयोग गरे होलान् तिनीहरु लाई के भन्नू हुन्छ ?
कृपया बालबालिका सडकमा त्यतिकै पुग्दैनन, सके सहयोग गर्नुस् नसके घृणा नगर्नुस्। सडक बालबालिकाले पनि मौका पाए भने राम्रो गर्न सक्छ्न। सबैले सडक बालबालिकालाई मायाँ गरौं।

➤ नेपाली खेलाडी भएर हिड्दा पुरानो कुरा सम्झिनु हुन्छ कि नाइ ? सम्झिनु भयो भने कुन दिन ..
कवाडी टिप्दै हिँडेको, लागु पदार्थ सेवन गरेको, जे मन लाग्यो त्यही गर्दै हिँडेको यस्तै यस्तै …

➤ ” हकि खेलाडी” मा जान को बाट प्रेरित हुनु भयो ?
मामाघर नेपाल परिवार, विशेष गरि मेरो आदरणीय गुरु मनोज शर्मा बाट प्रेरित भएको हो।

➤ नेपाली खेलाडी भए सङै जीवन अगाडी बडाउन कती को सहज पाउनु भएको छ ?
खेलाडी भएर जिविकोपार्जन गर्न सकिँदैन।

➤ कुन कुन देश सङ खेली सक्नु भयो?
धेरै खेलेको छु। त्यति याद गर्ने गरेको छैन खेल्न पाउनु मेरो लागि ठुलो मौका थियो।

➤ नेपाली खेलाडी बन्ने अब को नयाँ पुस्तालाइ के भन्नू हुन्छ ?
खेल रमाइलो मात्रै होइन अनुशासन र ब्यक्तित्व बिकासको माध्यम पनि हो। अनुत्पादक काम गरेर समय बिताउनु भन्दा आफुलाई मन परेको खेलमा सहभागी हुँदा राम्रो..

➤ नेपालमा “हकि खेललाई” अगाडि बडाउन के गर्न जरुरी छ जस्तो लाग्छ ?
हकि खेल मैदान निर्माण, प्रशिक्षक र खेलाडीलाई नियमित आर्थिक अनुदान/ सहयोग गर्दा नेपाली खेलाडी मा जागरुक र आत्म्बल समय समयमा प्रतियोगिताहरु आयोजना गर्ने। खेलकुद लाई ब्यबसायिक बनाउनु पर्छ। नत्र खेलाडी टिक्न नै सक्दैन जस्तो लाग्छ ।

➤ आउने दिन मा नेपाल लाई कसरी चिनाउने उदेश्य लिनु भएको छ?
सडक बाट उठेको एउटा मान्छेले मौका पायो भने उत्कृष्ट प्रदर्शन गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ।अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गएर बिजेता बनेर आउने धोको छ।

➤ “हकि”को परिवेश कस्तो छ नेपालमा?
धेरै सुधार र बिकास गर्नु पर्ने छ।

➤ जादा जाँदै अन्त्य मा के भन्नू हुन्छ?
सडक बालबालिकामुक्त समाज निर्माण हुन सक्यो भने मात्र समृद्धि र संस्कारको बिकास हुन सक्छ । सडक बालबालिकालाई घृणा होइन मायाँ गरौं। लोकप्रिय तपाईंको मिडियामा मेरो कुरा राख्ने मौका दिनु हुने सुनिल श्रेष्ठ तथा हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा आभारी छु आउदो दिनमा हजुरहरुको माया र साथ को अपेक्षा राख्ने छु।

16555
Shares

ट्रेन्डिङ