सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तेमाल १ का स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै

तेमाल १ का स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै

8520
Shares
तेमाल १ का स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ का स्वास्थ्यकर्मी स्वास्थ्य सेवा दिन घरघरै पुगिरहेका छन् । स्वास्थ्यकर्मीको मनोबल बढाउन वडाध्यक्ष मान बहादुर श्रेष्ठ पनि जाने गर्नु भएको छ । वडाध्यक्ष श्रेष्ठले वडाबासीको दु:ख, समस्या टिपोट समेत गर्दै आइरहनुभएको छ ।

वडाका स्वास्थ्यकर्मीहरू यतिबेला झोलामा केहि औषधी, ज्वरो नाप्न थर्मल गन, कोरोना भाईरसबाट जोगिन मास्क, स्यानिटाजर, साबुन जस्ता स्वास्थ्य सामग्री बोकेर घरघरै पुगि रहेका छन् । स्वास्थ्यकर्मीहरू लोकनाथ चिमौरिया, रश्मि थपलिया, बिष्णु ओली र रोश्मा पन्तको टोली सर्स्यूखर्कका बिभिन्न टोलबस्तीका घरदैलोमा पुगिरहेका हुन्छन् ।

कोरोना सं क्रमण भै होम आईसोलेसनमा बसेकालाई मास्क, साबुन, स्यानिटाजर, केहि भिटामिन, सिटामोल लगाएका औषधी राखिएका ‘ओईसोलेसन किट’ स्वास्थ्यकर्मीले दिन्छ । होम आईसोलेसनमा बस्दा स्वास्थ्यको ख्याल गर्ने तरिका बताउँछन् । वडामा अहिले ९ जनामा कोरोना सं क्रमण पुष्टि भैसकेको छ। उनीहरूबाट अरूलाई नसरोस् भनेर स्वास्थ्यकर्मीहरू थप सजग छन् ।

होम आईसोलेसनमा रहेकालाई परिवारका सदस्यले गर्ने हेरचाह, अपनाउने स्वास्थ्य सावधानीका बारे स्वास्थ्यकर्मीले राम्रोसँग बताउने गरेका छन् । स्वास्थ्यकर्मी आफ्नो मात्रै कुरा भन्दैनन्, होम आईसोलेसनमा बसेकाको कुरापनि ध्यान दिएर सुन्छन् । स्वास्थ्यमा फरकखालको समस्या देखिने बित्तिकै आफुहरूलाई खबर गर्न फोन नम्बर पनि छोडिदिन्छ ।

स्वास्थ्यकर्मीले घरका सबैको ज्वरो नाप्ने गरेका छन् । ज्वरो बढेको पाईए सिटोमोल दिने र केहिदिन परिवारका सदस्यबाट अलग्गै बस्न सम्झाउने गरेको स्वास्थ्यचौकी ईन्चार्ज लोकनाथ चिमौरियाले बताउनुभयो । ‘अहिले जतिजना सं क्रमित हुनुहुन्छ, उहाँबाट थप अरूमा नफैलियोस् भनेर हामीले परिवारका सदस्य र स्वयम सं क्रमितलाई सम्झाउने गरेका छौँ, हामी गर्ने ब्यवहार थोरै परिवर्तन गर्न सक्यौँ भने पनि यो भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्दैन, स्वास्थ्यचौकी ईन्चार्ज चिमौरियाले भन्नुभयो ।’

स्वास्थ्यकर्मी घरमै पुग्दा सं क्रमितको आत्मबल बढ्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।’स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधि तपाईकै साथमा छौँ भन्न पनि हामीले घरघरै पुगेर उहाँहरूलाई भेटेर स्वास्थ्य सावधानीका बारे बताउँदै हिँडेका हौ, यस्तो सं कटको बेला एकले अर्काको आत्मबल बढाउने काम र कुरामा ध्यान दिनुपर्छ, सं क्रमित भएकालाई छिट्टै निको हुन हौसला दिने र अरू सं क्रमित नहुन अपनाउनु पर्ने कुरा भेटेरै भन्दा थप प्रभावकारी पनि हुँदो रहेछ, वडाध्यक्षश्रेष्ठले भन्नुभयो ।’

 

वडा नम्बर १ को आदाबाट, लामागाउँ, खानीगाउँ, खहरेघाट, सिखरकटेरि, अमलटारि, खहरेघाट,भोटटार, कल्लेरिपाखा लगायतका गाउँका घरघरमै स्वास्थ्यकर्मी पुगेका छन् । यो सं कटको बेला योगदान गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं तामाङले जानकारी दिनुभयो ।

8520
Shares

ट्रेन्डिङ