जिन्दगीमा कहिले दुख सुख आफ्नो ठाउँमा सधै झै सबैलाई छ । सबैको आ-आफ्नो सोच बिचार र धारणालाई आत्मसात गर्दै आजको दिनमा नर्स बनेर साराको सेवा गरेर दिन बिताइरहनु भएको छ ।
जहाँ जुन समय आफ्नै आमा बिरामी हुँदा मेरो आमाको नर्स जो उनले गरेको बोली व्यवहार बाट म धेरै आनन्दित हुदा म यो पेसामा आएको बताउनु हुन्छ नारायणी अस्पतालका स्टाफ नर्स मनिषा पाण्डे । उनै पाण्डे सङ सबैको समाचारका सम्बादाता सुनिल श्रेष्ठले गर्नु भएको कुराकानी:
➤ हजुरलाई स्वागत छ ?
धन्यवाद
➤ आज भोलि के मा ब्यस्त हुनु हुन्छ ?
आज भोलि कोभिडको बिरामी हेर्न ब्यस्त छु । कोभिड आइसोलेसनमा काम गर्दै ब्यस्त छु ।
➤ आफुले आफुलाइ कसरि चिनाउनु हुन्छ ?
आफुले म आफुलाइ एउटा छोरी,श्रीमती, दिदी, बहिनी र नर्स भनेर चिनाउन चाहन्छु ।
➤ यो क्षेत्रमा आउनको बाट प्रेरित हुनु भयो ?
म सानो हुँदा आमा बिरामी हुँदा अस्पतालमा जादा नर्सहरुले मेरो आमाको केयर गरेको हुँदा म पनि नर्स बन्छु भन्ने भयो अनि घर आएर नर्स प्रोफेसनको बारेमा बुज्दा फ्लोरेन्स नाइटिङल बाट पनि।
➤ अनि साच्चिकै हजुर यति राम्री हुनु हुन्छ कतै फिल्मी क्षेत्र अथवा मियुजिक भिडियो खेल्न इच्छा लागेन ?
लागेन तर नर्स प्रोफेस्नल आफैमा मोडेल हो ।
➤ सेवा गर्दै गर्दा कस्तो अनुभूति हुन्छ ?
सेवा गर्दै गर्दा म आफूमा एउटा सन्तुष्ट भएर बिरामी लाई सेवा गर्दा गर्दै म प्रती गर्भ महसुस हुन्छ ।
➤ आफू स्वास्थ्यकर्मी भए सङै यो बेला कति को सजिलो ठान्नु हुन्छ ?
आज स्वास्थ्यकर्मी भएकोमा सहज हुनु भन्दा पनि कार्य गर्दा सजिलो महसुस हुन्छ । कहिले काहीँ असहज पनि हुन्छ कोभिड १९ को बेला कोभिड आइसोलेसन को कार्यभार समाल्न गारो छ । पिपिइ लगाएर ४ घन्टा बस्न एक्दमै गारो हुन्छ बिरामीहरुलाई क्रीटिकल अवस्थामा यस्तो सहज रूपले काम गर्ने गर्द छौ ।
➤ सेवा सुबिधा कस्तो छ ?
सेवा सुबिधा राम्रै छ अहिलेको परिबेशमा खास गरि भन्नू पर्दा कोभिडको कारण ल गर्दा नि होला सायद तर खुसी छौ हामी ।
➤ कहिले काहीं पोजेटिभको परिवारलाई भेट्न् न दिदा कस्तो लाग्दो रैछ ?
एक्दमै दुख लागेर आउँछ तर आफ्नो जिम्मेवारीको कुरा पनि त्यो खासै ठुलो कुरा हो जस्तो लाग्दैन मलाई हामी आफैले यो रोग सङ जित्नु पर्छ भन्ने सल्लाह दिने गर्छु ।
➤ पहिलाको महामारी र अहिलेको महामारी मा के फरक छ ?
पहिलाको महामारी त महामारी नै होइन नि पहिलाको महामारीमा सामान्य ज्योरो, रुगा खोकी जस्ता लक्ष्यण देखा परेको थियो भने अहिलेको दोस्रो चरणको महामारीमा बिरामीहरुमा अक्सिजनको मात्रा कम हुने आँखा पोल्ने, सास फेर्न गारो हुने हात खुट्टा दुख्ने, शरीर गल्ने, उच्च जोरो आउने रुगा खोकी जस्ता लक्ष्यण देखा परेको छ जस्ले गर्दा बिरामीहरुमा अक्सिजन मात्रा कम भए सङै भर्खर आएका राम्रै बिरामी पनि मृत्यु भएको मैले देखीरहेको छु ।
➤ खास यो “भेरिएन्ट” के हो? यसलाई कसरी बताउनु हुन्छ ?
बि.१.६.१.७.२ यो भनेको तेस्रो चरण को नयाँ “भेरिएन्ट” हो। यो “भेरिएन्ट” लाई जि.१४५२ आर. भि ३ पनि भनिन्छ सङ सङै सास फेर्न गारो हुन्छ, ( ए आर. डि ) टाउको दुखाउने, जोरो आउने, जिउ गलाउने, निमोनिया बनाउने, स्वाद हराउने, आदि हुन्छ साथै येस्को उपचार भनेको प्रणाली हेरेर गरिन्छ।
➤ कस्ता खालको संक्रमित निको पार्नु भयो ?
सबै प्रकार को बिरामीलाइ हल्का , मिडल स्टेज,गम्भीर भ्यान्टिलेटर मा राखेकोलाई निको पार्न सफल भएका छौ । यो हेर्दा अहिले को पराकाष्ठ सङ जुधेर उनीहरु को ज्यान बचाउनु पाउँदा एक्दम खुसी लाग्छ।
➤ आफैले केयर गरेको बिरामीको ज्यान जादा कति को डर लाग्छ ?
डर त पक्कै लाग्छ तर कसैले “आमा” “बुबा” कसैको “श्रीमान श्रीमति” कसैले “दिदि, बहिनी, दाजु, भाइ गुमाउँदा त्यो हेरेर एकदम रुन मन लाग्छ।
➤ यसरी काम गर्दै गर्दा समाजले कस्तो भन्दो रैछ ? यो भनि रहदा मनमा के आउँछ ?
यो अवस्थामा राम्रो पनि भन्छन न राम्रो पनि भन्छन तर आफुले राम्रो काम गर्नु पर्दछ भन्ने आउँछ नराम्रो भनीरहदा नि केही लाग्दैन यो मेरो पेशा कर्तब्य र जिम्मेवारी को रूपमा लिने गरेको छु । राम्रो भनेको सुन्दा आफुले गरेको काम को प्रसंशा सुन्दा एक्दम गर्ब लाग्छ।
➤ आफुले काम गर्दै गर्दा कारुणिक दृश्य के सम्झिनु हुन्छ? यो सम्झिदा कस्तो लाग्छ ?
आफ्नो काम गर्दै गर्दा यस्तो दृश्य धेरै छन तर खासै सम्झिनै मन लाग्दैन एक्दम दुखी हुन्छु । आफूले कोभिड आइसोलेसनमा बिरामीको सेवा गर्दै गर्दा एकजना महिला गम्भीर अवस्थामा उहाँको मृत्यु हुँदा अनि वहाँको श्रीमानले भन्नू भयो ” म पिपिई लगाएर एकचोटि हेर्छु अनि त्यस पछाडि गर्नु पर्ने काम कुराहरु गर्छु ” भन्नू भयो अनि हामीले उहाँलाई “पिपिई” लगाएर उहाँ को श्रीमती लाई देखाएर त्यही जस्तै अवस्थामा “पानी खुवाउनु भयो र बिवाहा गरेर लिएर आउँदा जसरी सिन्दुर, पोते, कपडा, टीका” जस्ता कुराहरुले टाढा बाट नै सिङारिएको देख्दा एक पटक रोए अनि किन भने म पनि एउटा बिबाहित महिला हु मैले त्यो ठाउँ मा राखेर हेर्दा झन न राम्रो लाग्दो रहेछ ।
➤ यसरी मान्छे मर्दै गर्दा यो जागिर छोड्न मन लागेर आउदैन ?
आफुले रोजेर आएको क्षेत्र छोड्न मन त कहिलै लागेन तर उपचारको सिलसिलामा मरेको मात्र होइन धेरैको ज्यान जोगेको अवस्था पनि त छ। प्रयास गर्दा गर्दै बिरामीलाई जोगान नसक्दा चाहिँ एक्दम दुख लागेर आउँछ।
➤ यो कामलाई निरन्तरता दिनु हुन्छ ?
पक्कै पनि दिन्छु यो भनेको मेरो चाहना, जिम्मेवारी र कर्तव्य हुँदा हुँदै जिन्दगीमा बाचुन्जेल यो क्षेत्रमा दिन सोच बनाएको छु।
➤ प्रायः कस्तो समयमा मान्छेले ज्यान गुमाएका छ्न के कारण जस्तो लाग्छ त्यस्को लागि के भनाइ छ हजुर को ?
अहिले को परिस्थिति भनेको मान्छेमा एक प्रकारको डर मलाई कोरोना हुन्छ भन्ने मन मा सोचेकोले गर्दा सानो बिरामी भएपनि अस्पताल आउन डराउने गर्छन जस्ले गर्दा स्वास्थ अवस्था झन बिग्रँदो जाने क्रम छ त्यस कारण अहिले को अवस्थामा ज्यान गुम्ने को संख्या बढीरहेको छ। त्यस को लागि समयमा नै अस्पताल जान सक्यो भने यस्तो समस्या आउँछ जस्तो लाग्दैन मलाई ।
➤ भर्खर चर्चामा आएको पश्चिम् भेरी अस्पतालको घटनालाई के भन्नू हुन्छ ?
यो एकदम निन्दनिय घट्ना हो मेरो बिचारमा यो घट्ना कस्ले घटायो त्यो म जान्दिन तर यो समाजमा त्यस्ता बुझकी मान्छे हुनु भन्दा न हुनु नै बेश । भोलि जुन सुकै अस्पतालमा पनि यो घट्ना घट्न सक्दछ। त्यस कारण सुरक्षा नीति नियमहरु बनायो भने हामी नि सुरक्षित भएर काम गर्न सहज हुन्छ।
➤ जादा जाँदै अन्त्य मा के भन्नू हुन्छ ?
यो माहामारी विरुद्धको लडाइँमा कोरोनालाई परास्त गर्न एकजुट भएर अगाडि बड्ने सल्लाह दिन्छु र नेपाल सरकारको निर्देशन अनुसार सबै जना “घर मै सुरक्षित बसौ आफु पनि बचौ र अरुलाई पनि बचाउ” भन्दै मेरो सानो तिनो अनुभव लाई हजुरहरुको मिडियाबाट राख्ने मौका दिनु भयो त्यसको लागि सुनिल श्रेष्ठ तथा हजुरहरुको इन्टायर टिमलाई धेरै -धेरै धन्यवाद दिदै आउने दिन अझ साथ र सहयोगको अपेक्षा राख्दै फेरि पनि धेरै धेरै धन्यवाद !!