सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • लामाद्वारा स्वर्गिय बुबाको सम्झनामा रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

लामाद्वारा स्वर्गिय बुबाको सम्झनामा रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

7125
Shares
लामाद्वारा स्वर्गिय बुबाको सम्झनामा रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे : काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ का ए वान विल्डर्स प्रा.लि. का डाइरेक्टर भक्त लामाले आफ्नो स्वर्गिय बुबाको सम्झनामा रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामा र प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको रोहबरमा लामाले स्वास्थ्य सामाग्री उक्त अस्पताललाई सहयोग गरेका हुन् ।

उनले ५ लाख ७१ हजार मूल्य बराबरको अक्सिजन सिलिण्डर, अक्सिजन सहितको १० ओटा, मल्टि भिटामिन, भिटामिन सी, भिटामिन डी, मास्क, ग्लोब्स, सेनिटाइजर, प्यारासिटामोल लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका रोशि अस्पतालकी स्टाफ नर्स विजया आचार्यले जानकारी दिईन् ।

लामाका बुबाको यही जेठ ४ गते कोरोनाकै कारणले निधन भएको थियो । स्वर्गीय पितालाई सम्झदै आफू निकै दुःखी भएको उनले बताएका थिए । आफूले जस्तो पिडा अरु कसैले भोग्न नपरोस भनी बुवाको सम्झनामा अस्पताललाई सहयोग गरेको उनले बताए । सामग्री ग्रहण गर्दै रोशी गा. पा. अध्यक्ष डि. वि. लामाले आफ्नो पीडा कम गराउन अस्पताललाई सहयोग गरेकोमा लामालाई धन्यवाद दिए ।

7125
Shares

ट्रेन्डिङ