सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • डा. रविन्द्र कुमार गाेलेकाे पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

डा. रविन्द्र कुमार गाेलेकाे पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

6270
Shares
डा. रविन्द्र कुमार गाेलेकाे पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

काभ्रे : गोर्खा वेलफेयर ट्रस्ट काठमाडौंले काभ्रेको बेथानचोक गाउँपालिकाको कोभिड उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रस्टले हिजो बेथानचोक गाउँपालिका स्वास्थ शाखा प्रमुख सिताराम तिमल्सिनालाई सामग्री हस्तान्तरण गरेको हो ।

ट्रस्टले गाउँपालिकाको अस्पतालका लागि कोभिड नियन्त्रण तथा रोकथाम गर्न अक्सिजन कन्सन्ट्रेटर , पल्स अक्सिमिटर लगाएत ब्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ । बेथानचोक गा. पा. वडा नं. ६, भुग्देउ निवासी डा. रविन्द्र कुमार गोलेको पहलमा गोर्खा वेयल फेयर ट्रस्टका प्रतिनिधिले बेथानचोक गाउँपालिका काभ्रेका स्वास्थ शाखा प्रमुख तिमल्सिनालाई स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

गोर्खा वेलफेयर ट्रस्टमा मेडिकल अफिसरकाे रुपमा कार्यरत डा. गाेलेले याे भन्दा अगाडि देखि नै वेथानचाेक गाउँपालिका भित्रका स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरुमा सहयाेग गर्दै आइरहनु भएको छ । समाज सेवामा रुचि राख्ने तर अगाडि देखिन नखाेज्ने डा. गाेलेले २०७२ सालकाे महा भुकम्पमा समेत विभिन्न संघ, संस्थासंग समन्वय गरेर राहत वितरण गर्नुभएको थियो ।

‘हामीले जहाँबाट जसरी भए पनि समन्वय गरेर आफ्नो भेग बस्तीमा समय सापेक्ष सामाजिक कार्य गर्नु पर्छ ।तर लाेकप्रियताकाे लागि सामाजिक सञ्जालमा छाईरहनु त्यत्ति उपयुक्त हुँदैन, डा. गाेलेले भन्नुभयो ।’ डा. गाेलेकाे समन्वयमा विगतका बर्ष देखि काभ्रे जिल्लाकाे विभिन्न पालिका, गाउँ बस्तीहरुमा धेरै सामाजिक कार्यहरु भएका छन् ।

6270
Shares

ट्रेन्डिङ