सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै प्रदर्शन

काभ्रेमा कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै प्रदर्शन

16805
Shares
काभ्रेमा कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै  प्रदर्शन

काभ्रे : कांग्रेस काभ्रेका नेता गणेश लामालाई रिहाईको माग गर्दै बनेपा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नेपाल विद्यार्थी संघ, तरूण दल लगायत भगिनी संगठनका नेता कार्यकर्ता बनेपा भेला भएर प्रदर्शन गरेका हुन् ।

हातमा बिभिन्न प्ले कार्ड सहित बनेपामा भेला भएका कांग्रेस नेता कार्यकर्ताले गणेश लामालाई बिना सर्त, ससम्मान रिहाईको माग गरेका छन् । बर्तमान सरकारले शक्तिको दुरुपयोग गर्दै आफ्नो नेतालाई पक्राउ गरेको भन्दै कांग्रेसले ब्यक्ति स्वतन्त्रता हनन् भएको ठहर गरेको छ ।

 

हिजो साँझ पोखराको लेकसाइडबाट पक्राउ परेका नेता लामा अझै रिहा भएका छैन् ।

16805
Shares

ट्रेन्डिङ