सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुनुमा गणेश लामाको पनि भूमिका

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुनुमा गणेश लामाको पनि भूमिका

11485
Shares
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुनुमा गणेश लामाको पनि भूमिका

अन्ततः काभ्रे कांग्रेसका नेता गणेश लामाले गण्डकी प्रदेशमा गरेको मेहेनतले सार्थकता पाएको छ । आज बहुमतको आधारमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेले नियुक्त भएसँगै नेता लामाले खेलेको भुमिकाले सार्थकता पाएको हो ।

२६ गते तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विशासको मत लिने क्रममा मन्त्री दीपक मनाङ्गेलाई संसदमै उपस्थित नगराउन कांग्रेस नेता गणेश लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

मुख्यमन्त्री गुरुङलाई विश्वासका लागि निर्णायक मानिएका मनाङ्गेलाई सदनमै उपस्थिति नहुने वातावरण नेता लामाले नै गरेका थिए । मनाङ्गेले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिएपछि बागमती सरकार अल्पमतमा परेको थियो । त्यसपछि प्रदेश प्रमुखले बहुमतको सरकार आह्वान गर्नुभएको थियो ।

मनाङ्गेलाई सदनमा जान नदिएको भन्दै कांग्रेस नेता लामालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लामालाई एक रात चौकीमै राखेको थियो । पछि दुई हजार रूपियाँ जरिवाना बुझाएर रिहाई भएका थिए ।

11485
Shares

ट्रेन्डिङ