सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता

काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता

19410
Shares
काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता

काभ्रे : खानीखोला गाउँपालिका–६ स्थित खानीखोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन्। तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले बुधबार खानीखोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबा बाढीले बगाएर बेपत्ता भएको जानकारी दिए। असई दाहालका अनुसार बेपत्ता वाईबालाई पावरहाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको हो।

बेपत्ता वाईबा काका बुद्ध तामाङ र खानीखोला–१ का वडा सचिव नवीन कुमार भट्टाराईसँग गाउँपालिकाको केन्द्र ताल्ढुंगा गएका थिए। स्थानीय श्रीकृष्ण थापाले बेपत्ता भएको वाईबा काका र वडा सचिवसँग ज्यालादारी गरे बापतको रकम लिन गाउँपालिका जाने क्रममा बाढीले बगाएको जानकारी दिए। स्थानीयले बाढीले बगाएका वाईबा मासबारी पुलमुनिसम्म देखिएको र त्यसपछि भने नदेखिएको बताएका छन्।

घटना बुधबार दिउँसो भए पनि प्रहरीले साँझ मात्र थाहा पाए लगत्तै खोजी कार्यमा जुटेका छन्। असई दाहालले बगाएको स्थानदेखि मकवानपुरको बागमती गाउँपालिकाको उत्तरी सिमाना सिक्रेदोबानसम्म खोजी गर्दा समेत नभेटिएको बताए। बाढीको कारण पानी धमिलो हुँदा बेपत्ता भएका वाईबाको खोजी गर्न गाह्रो भइरहेको तालढुंगा प्रहरी चौकीले जनाएको छ।

19410
Shares

ट्रेन्डिङ