सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • पूजाकाे प्रसाद खाएर एकै गाउँका ३० जना बिरामी

पूजाकाे प्रसाद खाएर एकै गाउँका ३० जना बिरामी

6610
Shares
पूजाकाे प्रसाद खाएर एकै गाउँका ३० जना बिरामी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएका छन्। बिहीबार स्थानीय एउटा घरमा पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

उनले भनिन्, ‘सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन। हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केका छौँ। ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ।’

अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिइन्। फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

6610
Shares

ट्रेन्डिङ