सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • मकर मेला व्यवस्थापनमा सहभागि हुन इच्छुकलाई प्रस्ताव पेश गर्न पनौतीको आग्रह

मकर मेला व्यवस्थापनमा सहभागि हुन इच्छुकलाई प्रस्ताव पेश गर्न पनौतीको आग्रह

9535
Shares
मकर मेला व्यवस्थापनमा सहभागि हुन इच्छुकलाई प्रस्ताव पेश गर्न पनौतीको आग्रह

काभ्रे : बाह्र बर्षमा एक पटक लाग्ने मकर मेला काभ्रे जिल्लाको पनौतीमा रहेको त्रिवेणीघाटमा लाग्ने भएको छ । माघ महिनाभर लाग्ने ऐतिहासिक,धार्मिक एंव सास्कृतिक महत्वको १२ वर्षे मकर मेला १२ वर्षपछि यो वर्ष लाग्ने भएको हो ।

मेला व्यवस्थापनमा सहभागि हुन इच्छुक संघ संस्था तथा निकायको लागि पालिकाले प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

पनौती नगरपालिकाले आज एक सूचना जारी गर्दै मेला संचालन व्यवस्थापनमा सहभागि हुन चाहने संघसंस्था,सरकारी,गैर सरकारी निकाय,स्थानीय संघसंस्था,क्लब,दर्ता भएका समूह,सहकारी तथा विद्यालयले आफूले गर्न सक्ने कामको स्पष्ट विवरण उपलब्ध गराउन भनेको छ ।

साथै आफ्नो संस्था र संस्थाका पदाधिकारीको संक्षिप्त परिचय सहित कार्तिक २० गतेसम्म नगरपालिकाको प्रशासन शाखामा उपलब्ध गराउन आग्रह गरेको छ ।

9535
Shares

ट्रेन्डिङ