सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका नेता गणेश लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काभ्रे काँग्रेसका नेता गणेश लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

6825
Shares
काभ्रे काँग्रेसका नेता गणेश लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 

नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

काभ्रे क्षेत्र नं १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो क्षेत्रिय अधिवेशन भएको थियो ।

काभ्रे क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लामा ८०२ प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँले खुल्ला तर्फबाट प्रतिनिधिका लागि उम्मेरदवारी दिनुभएको थियो ।

हिजो भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आएको हो ।लामा कोरोना महामारीको समयमा जिल्लामा निकै सक्रिय भएर लाग्नुभएको थियो ।

पछिल्लो समयका यूवाको ढुकढुकी बन्नुभएको नेता लामाले कोरोना महामारीको समयमा गाउँ गाउँमा पुगेर अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो ।

6825
Shares

ट्रेन्डिङ