नेपाली काँग्रेस काभ्रेले नेता शिव हुमागाईंलाई केन्द्रीय सह-महामन्त्रीको उम्मेदवारीलाई निर्णय गरेको छ ।
आज बनेपामा सभापति तीर्थ लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । योसंगै १४ औं महाधिवेशनमा हुमागाईको उम्मेदवारी पक्का भएको छ ।
हुमागाईको सह-महामन्त्री पदको उम्मेद्वारीलाई नेपाली कांग्रेस काभ्रेले संस्थागत निर्णय गरेर अनुमोदन गरेको हो ।
बैठकमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए ।
बैठकले हुमागाईलाई विजय गराउन अपिल समेत गरेको छ ।