सबैको समाचार
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • काभ्रेका २ जना सहित ५ नवनियुक्त मन्त्रीले लिए वागमती प्रदेशको शपथ

काभ्रेका २ जना सहित ५ नवनियुक्त मन्त्रीले लिए वागमती प्रदेशको शपथ

4450
Shares
काभ्रेका २ जना सहित ५ नवनियुक्त मन्त्रीले लिए वागमती प्रदेशको शपथ

 

वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्‍यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

 

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् ।

हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ

 

4450
Shares

ट्रेन्डिङ