सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ललितपुरको मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्ति काभ्रेका भएको पुष्टि

ललितपुरको मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्ति काभ्रेका भएको पुष्टि

1500
Shares
ललितपुरको मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्ति काभ्रेका भएको पुष्टि

काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्ति काभ्रेका भएको पुष्टि भएको छ ।

मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए ।

उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन । मृतकका आफन्तले शव सनाखत गरेको  प्रहरीले जनाएको छ ।

1500
Shares

ट्रेन्डिङ